| गुरुङ फिल्मकी नायिका बसन्ती गुरुड. सगको अन्तर्वार्ता |
करीब २० वर्षअघि स्याङ्जा जिल्लाको मनकामना गा. वि. स. वडा नं - ८, मचबारीमा बुबा भिम प्रसाद गुरुङ् र आमा ननछरी गुरुङ्को कोखबाट जन्मेकी चीरपरिचित गुरुङ् चलचित्रकी नायिकाको नाम हो वसन्ती गुरुङ् । गुरुङ् चलचित्र हर्ेर्ने प्रायः सबैजसो दर्शकको मनमुटुमा बस्न सफल नायिका वसन्ती मृदुभाषी र मिजासिली छिन् । थोरै र चाहिने कुरा मात्र बोल्न मन पराउने वसन्तीले हाल सम्म सैं न्होर्ंर्बे म्रुंस्यो, टोरा र ङै ङ्हो गरी ३ वटा गुरुङ् चलचित्रमा अभिनय गरी सकेकी छिन् । अभिनय भन्दा नृत्य गाह्रो मान्ने वसन्तीका मनपर्ने नायक गमन गुरुङ् हुन भने नायिका नबिना गुरुङ् हुन् । मौका मिले माओत्से गुरुङ्को निर्देशनमा बन्ने चलचित्रमा अभिनय गर्ने चाहाना भएको बताउने वसन्तीस“ग
http://www.munalfilm.com.np
को लागि शंकर ँविरही’ गुरुङ्ले लिएको अन्तरवार्ताको सानो अंश यहा“ प्रस्तुत गरीएको छ ।
प्रश्न ः हाल दिनहरु कसरी बिताईरहनुभएको छ -
बसन्ती गुरुङः नृत्य प्रशिक्षण र घरायसी काममा नै व्यस्त छु भन्नु पर्यो ।
प्रश्न ः कलाकारिता क्षेत्रमा कहिले देखि लाग्नुभएको हो -
बसन्ती गुरुङः चलचित्र क्षेत्रको कुरा गर्ने हो भने २०६२ साल देखि लागेकी हु“ तर त्यस भन्दा पहिला सा“स्कृतिक कार्यक्रमहरुमा भने सानै देखि नाच्ने गर्थें ।
प्रश्न ः चलचित्र क्षेत्रमा प्रवेश गर्न प्रेरणा दिने व्यक्तिको नाम लिनु पर्दा कसको नाम लिन चाहनुहुन्छ -
बसन्ती गुरुङः मुनाल फिल्म प्रा. लि का निर्देशक भोज बहादुर गुरुङ् तथा छाया“कार गुन्ज गुरुङ्को नाम अग्रपंक्तिमा आउ“छ । वहा“हरुले मेरो म्युजिक भिडियो हेरेर मन पराउनु भएको रहेछ र त्यही कारणले नै वहा“हरुले मलाई मुनाल फिल्म प्रा. लि. को ब्यानरमा बनेको पहिलो चलचित्र ँसैं न्होर्ंर्बे म्रुंस्यो’ मा ब्रेक दिनु भयो ।
प्रश्न ः आफूले ऐलेसम्म अभिनय गरेका चलचित्र मध्ये कुन चलचित्र मनपर्छ र किन -
बसन्ती गुरुङः मलाई ङै ङ्हो मनपर्छ किनभने त्यो मेरो तेस्रो प्रयास हो त्यसैले पनि त्यसमा मैले केही राम्रो गर्न सकें कि जस्तो लाग्छ ।
प्रश्न ः नायिका हुन के के गुणको आवश्यकता पर्छ -
बसन्ती गुरुङः अभिनय र नृत्यको राम्रो ज्ञान हुनु पर्छ जस्तो लाग्छ ।
प्रश्न ः आना मनपर्ने र मन नपर्ने कुरा के के हुन् -
बसन्ती गुरुङः आनो साधारणपन मनपर्छ भने अरुलाई छिट्टै विश्वास गर्ने बानी मनपर्दैन ।
प्रश्न ः शुटिङ्मा जादाखेरीको बिर्सन नसकिने क्षण -
बसन्ती गुरुङः ँसैं न्होर्ंर्बे म्रुंस्यो को शुटिङ्मा टोंजे देउरालीबाट र्फकंदा राती हिलैहिलोको बाटोमा खुट्टाभरी जुका लिएर हिंडेको क्षण भुल्न सक्दिन ।
प्रश्न ः भावि योजनाहरु के के छन् -
बसन्ती गुरुङः कलाकारिता क्षेत्रलाई नै निरन्तरता दिंदै यही क्षेत्रमा अझ केही गर्ने योजना छ ।
प्रश्न ः अन्तमा हाम्रो वेबर्साईट मार्फ आना शुभचिन्तक र दर्शकहरुलाई के भन्न चाहनुहुन्छ -
बसन्ती गुरुङः गुरुङ् चलचित्रहरुलाई धेरै माया गरिदिनुस् र कलाकारहरु र गुरुङ् चलचित्रकर्मीहरुलाई अझ यस क्षेत्रमा केही गर्ने हौसला प्रदान गरिदिनुस् भन्न चाहन्छु ।
Post
by: shankarbirahigurung@yahoo.com |
|
|