|
"साहसी" चलचित्रमा ताईची गुरु-हमाल
नेपाली चलचित्रका महानायक राजेश हमाल बिल्कूलै नया“ भूमिकामा चलचित्र "साहसी"
मार्फ देखिने भएका छन् । "साहसी" म ा
राजेशले ताइची गुरुको भुमिका निर्वाह गरेका छन् । चलचित्रका कलाकार
ज्याक गुरु आफै मार्शल आर्टको प्रशिक्षक भएकाले पनि राजेशलाई उनले ताइची
कला सिकाएका छन् र फिल्म स्टाइल दिएका छन् द्वन्द्व निर्देशक योगेन्द्र
श्रेष्ठले अर्को पात्र नव नायक एवं प्रस्तुतकर्ता भोज बहादुर गुरुङ पनि
मार्शल आर्टका खेलाडी भएकाले यो चलचित्रमा आफैले स्टन दिएका छन् ।
तर्सथ चलचित्र द्वन्द्व प्रधान बनेको छ, भने ४००० मिटर भन्दा माथीको
हिमाली भेगको उचाईमा छाया“कन गरिएको हुनाले चलचित्र दृश्य प्रधान समेत
बनेको छ ।
बिन्दबासीनी चलचित्र मन्दिर र मूनाल फिल्म प्रा.लिको सयुक्त प्रस्तुती
"साहसी" अब छिट्टै प्रदशनको तयारीमा छ । चलचित्र "साहसी" को निर्माण झम
बहादुर गुरुङ, कूबिना गुरुङ र धनमाया गुरुङले गरेका छन् । कार्यकारी
निर्माता - मणिरत्न पौडेल, प्रस्तुतकर्ता - भोज बहादुर गुरुङ्ग, कथा/निर्देशन
- बासुदेव पोखरेल नृत्य - अजय विष्ट, द्वन्द्व - योगेन्द्र श्रेष्ठ,
क्यामरा - सुमन तण्डुकार, सम्पादन - रोशन लामिछाने, गीत/संगीत - लोकनाथ
सापकोटा, पटकथा/संवाद - पदम कृष्ण पौडेल रहेका छन् । चलचित्रमा
कलाकारहरुमा राजेश हमाल, गणेश उप्रेती, स्नेहा शर्मा, भोज बहादुर गुरुङ,
र्सर्मिला श्रेष्ठ, ज्याक गुरु लगायतको अभिनय रहेको छ ।
स्मरण रहोस "साहसी" चलचित्र हङकङ, अष्टे्रलिया र बेलायतमा प्रदर्शन
भैसकेको छ । नेपालमा प्रदर्शन पश्चात अमेरिका, इजरायल, यूरोपका विभिन्न
सहरहरुमा प्रदर्शन हुने जानकारी अन्तराष्ट्रिय बितरक बिजेन्द्र गुरुङ (अमेरिका)
ले जानकारी दिनुभयो ।
- छवि सुवेदी
|