|
गुरुङ्ग चलचित्र “सैँ न्होर्बे म्रुस्यो” निर्माणको
तयारी
☺
आश गुरुङ्ग “प्रतीक”-----------------
पोखरा - तमू -गुरुङ्ग) भाषा र सस्कृतिमा आधारित
चलचित्र “ सैँ न्होर्बे म्रुस्यो -हृदयकी रानी) को
निर्माण गर्ने भएको छ ।
ऐतिहासिक गुरुङ्ग गाउँहरु क्ल्होँरो (घ्याम्राङ), तौनी
(ताङतिङ), चिली (सिक्लेस) एवं तमूहरुको उद्गमस्थल
लमजुङको फोजाँ (भुजुङ), पैगू(पसगाउँ), खोँइमो (घनपोखरा)
लगायत अन्य तमू गाउँहरुमा प्रचलित “खु सब” (जम्मा पारी
पुर्याउने) अर्थात विवाहित महिलाले माइतीमै शिशुलाई
जन्म दिए पश्चात दुलाह पट्टिको अभिभावकले नवजात शिशुको
लागि भोटो साथै सुत्केरी आमाको लागि नुन, चामाल, बाख्रा
लगायतका पोसिलो खानेकुरा संकलन गरी लैजाने विशुद्ध
गुरुङ्ग परम्परालाई कथानक रुपमा केन्द्रविन्दु वनाएर
उक्त चलचित्र निर्मण गर्न लागेका हुन् ।
विशेषत “सै न्होर्बे म्रुस्यो” चलचित्र उच्च हिमाली
भेगको बुगिनी पाखा एवं रमणीय तमू गाउँहरु घ्याम्राड,
ताङतिङ लगायतका ठाउँहरुमा छायांकन गरिने भएका छन् ।
चलचित्रका लागि पटकथा र संवाद माओत्से गुरुङ्गले तयार
पारेका छन् भने प्राविधिक एवं कलाकरको छनोट हुन बाँकी
छ ।
ल्ाालजंग गुरुङ्ग र कुविना गुरुङ्गको लगानीमा निमाण
गर्न गइरहेको उक्त चलचित्रका लागि गीत तथा सगींत
ढकेन्द्र गुरुङ्ग र सगींत सयोंजन तेजेन्द्र गुरुङ्ग
रहेको छ । हिम प्रसाद गुरुङ्गको कथा रहेको उक्त
चलचित्रका लागि निर्देशक भोज बहादुर गुरुङ्ग जुटिरहेका
छन् ।
असोजको पहिलो सातादेखि छायांकन हुन लागिरहेको
निमार्ण्र्ाधन चलचित्र मुनाल फिल्म (प्रा.) लि. पोखराको
पहिलो प्रस्तुति हो ।
“सैँ न्होबे म्रुस्यो” चलचित्रको शर्ीष्ा गीत
रेकर्डिङ सम्पन्न
☺आश
गुरुङ्ग “प्रतीक”-----------------
पोखरा - मुनाल फिल्म -प्रा.) लि. पोखराको पहिलो
प्रस्तुति गुरुङ्ग भाषा र सस्कृतिमा आधारित चलचित्र
“सैँ न्होर्बे म्रुस्यो” को शर्ीष्ागीत रेकर्डिङ कार्य
सम्पन्न भएको छ ।
फेवा डिजिटल स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतमा
गोविन्द गुरुङ्ग र ज्योतिले स्वर दिएका छन् । शब्द तथा
सगंीत ढकेन्द्र गुरुङ्गले तयार पारेका हुन भने सगींत
संयोजन तेजेन्द्र गुरुङ्गको रहेको छ । यसै गरी “मारा
चाँदी भन्दा छ्याँब” गीत पनि रेकर्ड भइसकेको छ भने
तीन ओटा गीत चाँडै रेकर्ड हुने क्रममा छ ।
निर्माणधिन चलचित्र “सैँ न्होर्बे म्रुस्यो” का लागि
निर्माताद्धय लालजङ्ग गुरुङ्ग र श्रीमती कुविना
गुरुङ्गको लगानीमा निर्माण हुने भएको छ भने निर्देशनका
लागि भोज बहादुर गुरुङ्ग तम्तयार जुटिरहेका छन् । |