|
सैं न्होर्बे
म्रुस्यो को छायांकन सम्पन्न
आश गुरुङ प्रतिक
गुरुङ भाषा र संस्कृतिमा आधारित एउटा पृथक
कथावस्तु बोकेको चलचित्र सैं न्होर्बे
म्रस्यो -हृदयकी रानी) को छायांकन कार्य
सम्पन्न भएको छ । गुरुङहरुको उद्गमस्यल
लमजुङ र कास्की को सिमानामा पर्ने
समुन्द्र सतहदेखी करिव ५ हजार मीटरको
उचाइमा अवस्थित टौंचे देउराली बाट गत भदौ
२० गतेदखी प्रारम्भ भएको उक्त चलचित्रको
छायांकन कार्य ठूलोलेक, ह्रगु, चौरो,
कर्पुलेक, हुदै रमणीय गाउं ताङतिङ,
ध्याम्राङ र अष्ट्र्लियन क्याम्पमा आएर
सम्पन्न भएको थियो। छायांकनको शुरुवातमा
टौंचे देउरालीलाई गुरुङ परम्परा अनुसार -प्रकृतिक
देउता ) पुजेर शुरु गरिएको थियो। अधिकांश
गुरुङ गाउहरुमा लोप हुदै गएको खु सब -चामल
ध्यू, रोटी, र खशी जम्मा पारेर पुराउने)
संस्कृतिलाई आत्मासात गर्दै सकारात्मक
कामको साइत हेराउने छ्यउ छेवा परम्परालाई
समेटी पारिवारिक,सामाजिक र प्रेम कथामा
आधरित पृष्ठ भूमिलाई समेटिएको छ । मुनाल
फिल्म प्रा, लि, पोखराको पहिलो प्रस्तुतीका
लागि लालजङ गुरुङ र कुबिना गुरुङ द्वरा
निर्मित सैं न्होरर्बे म्रस्यो चलचित्रमा
निर्देशक भोज बहादुर गुरुङको रहेको छ।
छायांकनमा गुञ्ज गुरुङ र सह छायांकनमा मेष
गुरुङ रहेको उक्त चलचित्रमा नायक नायिका
गमन गुरुङ र बसन्ती गुरुङ रहेका छन् भने
सह नायक नायिकामा नेत्र गुरुङ र टिना
गुरुङ रहेका छन् । अन्य कलाकारहरुमा राम
गुरुङ -उसु) , प्रभा गरुङ, जस बहादुर
गुरुङ, रन्धोज गुरुङ, इन्द्र सुब्बा गुरुङ
आदि रहेका छन् भने बालकलाकारमा धन माया
गुरुङ र भूमिका गुरुङ रहेको छ । यसै गरि
गीत संगित ढकेन्द्र गुरुङ, नृत्यमा मौसम
पाइजा पुन रहेका छन् भने कथावस्तु हिम
प्रसाद गरुङ र पटकथा संबाद माओत्से गुरुङको
रहको छ। गुरुङ भाषा र संस्कृतिमा आधारित
उक्त चलचित्रका लागि छायांकनमा मात्रै
हालसम्म करिब छ लाख खर्च भैसकेको
निर्मात्रि कुविना गुरुङ बताउनु हुन्छ ।
प्राय गुरुङ भाषा र संस्कृतिमा आधारित
चलचित्रहरुको सांस्कृतिक कथा दोहोरिने
परम्परालाई एकातिर राखेर खु सब जस्तो
परम्परा बोकेको चलचित्र सैं न्होर्बे
म्रुस्योमा नौलो पनको निर्देशन गर्न पाउदा
निकै खुसी व्यक्त गर्नु हुन्छ निर्देशक
भोज बहादुर गुरुङ , गुरुङ भाषा एवं नेपाली
भाषाका चलचित्रवाट निकै परिचित नायाक गमन
गुरुङ आफुले पहिलो पटक टौंचे देउराली
पुगेको अनुभवलाई स्मरण गर्दै भन्नु हुन्छ
अहिले सम्म यस्तो मौका पाएको थिएन । यो
चलचित्र सांच्चै गुरुङ समुदायको सैं
न्होर्बे म्रुस्यो बन्ने छ । यसै गरि उक्त
चलचित्रका नायिका बसन्ती गुरुङ पनि ओझेलमा
रहेको आपनो प्रतिभालाई प्रस्फुटन गर्न
पाउदा साह्रै खुशी भएको बताउनुहुन्छ । |