• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Sep 01, 2015
अष्ट्रेलियामा 'भाले FIGHT' को तेस्रो प्रिमियरको तयारी

मुनाल फिल्म प्रा.लि. को व्यानरमा निर्माण गरिएको नयाँ फिल्म 'भाले- FIGHT' लाई अष्ट्रेलियाको Hurstville Evernt मा आगामी ६ सेप्टेम्बरमा प्रिमियर गरिने भएको छ ।

यो फिल्मलाई यसअघि मेलबर्नमा ९ अगष्ट र सिड्नीमा ३० अगष्टमा प्रिमियर गरिएको थियो ।
शर्मिला राई, विसा  राई र मानबहादुर राईको निर्माण र अशोक राईको निर्देशनमा भोज बहादुर गुरुङ कार्यकारी निर्माता रहेका छन् ।
फिल्ममा बाबु बोगटी, सन्दीप क्षेत्री, रिमा विश्वकर्मा, अजय श्रेष्ठ र मानबहादुर राईलगायतले अभिनय गरेका छन् ।
फिल्ममा रोशन श्रेष्ठको एक्सन, कमल राईको कोरियोग्राफी र गणेश श्रेष्ठको सिनेमाटोग्राफी रहेको छ ।
 हरेक पुरुषको सफलताको पछाडि महिलाको हात हुने गरेको कथा फिल्मले बोकेको छ । यो फिल्म आगामी असोज ८ गते अल नेपाल रिलिज हुँदैछ । फिल्मको वितरणको जिम्मा पपकर्नले लिएको छ । मेलबर्नमा प्रिमियर पछि दर्शकहरुले फिल्म राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

Photo by: Arjun Limbu