• Crew of hi-studio,German
  • Munalfilms 2017
Rodhi Television Programme
तमु भाषामा रोधिं भन्ने शब्दको तीन अर्थ पाइन्छ

१. रोओबै धिं (घरेलु बुन्ने घर)
२. रु तेबै धिं (घरेलु धागो निकाल्ने घर)
३. रोब धिं (सुत्ने घर)

गुरुङ समुदायमा रोधिं संस्कृतिको शुरुवात कुन समय र कुन ठाउंबाट भयो भन्ने अहिले सम्म कुनै बैज्ञानिक प्रमाण छैन तर गुरुङ समुदायको सभ्यताको एक महत्वपुर्ण पक्ष रोधिं हो । गण्डकी प्रदेशको आधिकंश गुरुङ गाउं हरुमा परापुर्बकाल देखी रोधिं संस्कृति भएता पनि अहिले भने लमजुङको भुजुङ, सिउरुङ, पस गाउं लगाएत केहि गाउंहरुमा मात्र यो संस्कृति देख्न पाइन्छ । रोधिंमा रोस्यो बाबा र रोस्यो आमाको अधिनमा रही गाउंका युवा युवतीहरु जम्मा भई दिनभरीका कामको थकान मेटाउन बिभिन्न गीतहरु गाउने नाच्ने, बिभिन्न हस्तकलाका काम गर्ने राडि, पाखी बुन्ने र आउने दिनको कामको चाजो पाजो गर्दथे र रोस्यो बा र रोस्यो आमाले ति युवा युवती हरुलाई अनुशासन, संस्कार र संस्कृति पनि सिकाउने गर्दछ । हरेक उमेर समुहको एउटा रोधिं घर हुने भएकोले एउटै गाउँमा पाच छ वटा सम्म रोधिं घर हुने गर्दथे । साथै हरेको दौतरीको आफ्नै नोकोरे रिमे मुइमै (हुरी समुह) हुने गर्दथे । यही समुहले गाउंको रितु कालिन कामहरु आलो पालो गरेर गर्दथे साथै यदी कुनै गाउंलेको रितु कालिन काम नसकेको खण्डमा यही रोधिं समुहले मदत गर्दथे । तसर्थ रोधिं तत्कालिन समयमा गुरुङ समुदायको ज्ञान, सिप, र गीत संगीतको त्रीबेणी हो भन्न सकिन्च।

पछिल्लो समयमा रोधिं सांस्कृतिको महतो नबुझिकन यसलाई केबल जाड रक्सी खाने, नांच गान गर्ने र रात्री कालिन ब्यवसयको रुपमा ब्यक्य गरिएको छ । जसले गर्दा अब आउने नयाँ पिढिलाई हामिले गलत सन्देश प्रबहा गर्दै छौं । यसको बारेमा नेपाल सरकार न त गुरुङ समुदायले नै चासो लिएको देखिन्छ । यसरी आफ्नो लोपउन्मुख रोधिं संस्कृतिलाई जोगाउन सात रात सात दिन रोधिंमा गाइने दोहोरी गीत, लोक गीत, लोक बाजा, लोक नृत्य लाई अध्यान अनुसन्धान संकलन गर्ने उदेश्ले मुनाल फिल्म प्रा.लि., पोखराको आयोजनामा 
रोधिं टेलिभिजन कार्यक्रम संन्चालन गरेकाछौ ।



कार्यक्रम प्रस्तोता : बाल काशी गुरुङ
ब्यवस्थापन : चुनि माया गुरुङ
छायांकन : खिम बहादुर गुरुङ, भगत गुरुङ, गोरे गुरुङ, सन्देश गुरुङ
सम्पादन : बिनिता गुरुङ
परिकल्पान : भोज बहादुर गुरुङ
सम्पादन कक्ष : मुनाल फिल्म प्रा.लि., पोखरा
निर्माण : मुनाल फिल्म प्रा.लि., पोखरा