• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Apr 01, 2013
SAHASI 'साहसी'को भित्री कुरा
चलचित्र "साहसी" मा एक बनावटी समाजसेवीको कथा छ । यस चलचित्रमा गणेश उप्रेती (देवराज) ले बाहिरी रुपमा आफूलाई ठूलो समाजसेवीको रुपमा परिचित गराउँछ भने भित्री रुपमा उसले कालो धन्दा गर्ने गर्दछ । चलचित्रका मुख्य पात्र नायक भोज बहादुर गुरुङ (लक्की)ले समाजसेवीको वास्तविक रुप चिनिसकेको हुन्छ र ऊ वास्तविकतालाई पर्दाफास गर्ने कार्यमा लागिरहन्छ ।

त्यसैगरी नायिका स्नेहा शर्मा (बर्षा) चलचित्रमा एक साहसीक रेडियोकर्मी एवं पत्रकारको रुपमा देखिन्छिन् जसले नायकलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा यस चलचित्रमा नायकलाई रेडियोकर्मी बर्षाको स्वरले लोभ्याइसकेको हुन्छ तर नायकले चलचित्रको पूवान्हमा नायिकालाई चिनेको हुँदैन, पछि कालो धन्दा गर्ने गणेश उप्रेती (देवराज) को पर्दाफास गर्ने सिलसिलामा विभिन्न आरोह अवरोह पारगर्ने क्रमसँगै नायक र नायिका एक अर्का संग परिचित हुन्छन् र संगसंगै देवराजको विरुद्धमा जुट्छन् । नायक भोज बहादुर गुरुङ (लक्की) लाई राजेशहमाल (ताईचि गुरु)ले समेत देवराजको पर्दाफास गर्नको लागि विभिन्न द्वन्द कलाको प्रशिक्षण दिएको हुन्छ ।

चौतर्फी रुपमा देवराज एक्लिन थालेपछि उसले लक्कीको साथी राघवलाई प्रयोग गर्दछ र पनि सफल हुँदैन । देवराज कहिले लक्कीको फन्दामा पर्छ भने कहिले मणिरत्न पौडेल (इन्सपेक्टर)को फन्दामा पर्छ र कहिले ताईची गुरु (राजेश हमाल)को घेरामा पर्छ अनि ऊ भाग्न खोज्दा समेत सफल नहुने अवस्था आर्इपर्छ र अन्त्यमा ताईची गुरुको सहयोगमा लक्कीद्वारा देवराजको अन्त्य हुन्छ । साहसी व्यक्तिले नै बाजी हात पार्छ भन्ने मूल सन्देश बोकेको हरुलाई पनि कलाकारको रुपमा प्रस्तुत गरिएकोले यस चलचित्रको द्वन्द अन्य चलचित्रको भन्दा पृथक छ ।

सर्घाई रहेकी हुन्छिन् ।यस चलचित्रले पत्रकारले आफ्नो ज्यानको बाजी राखेर समाचार सम्प्रेषण गर्नुपर्ने कुरालाई समेत दर्शाइएको छ । समुद्री सतह देखि करिब ४००० मिटर माथिको स्थानमा विभिन्न रंगीविरंगी लेकाली फूलहरुको बीचमा यस चलचित्रको गीतको छांयाङ्कन गरिएको छ भने नेपाली ठेट रोइला भजनलाई चलचित्रमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।