• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 26, 2013
राजेश हमाल बिल्कूलै नया“ भूमिकामा चलचित्र
नेपाली चलचित्रका महानायक राजेश हमाल बिल्कूलै नया“ भूमिकामा चलचित्र "साहसी" मार्फ देखिने भएका छन् । "साहसी" मा राजेशले ताइची गुरुको भुमिका निर्वाह गरेका छन् । चलचित्रका कलाकार ज्याक गुरु आफै मार्शल आर्टको प्रशिक्षक भएकाले पनि राजेशलाई उनले ताइची कला

सिकाएका छन् र फिल्म स्टाइल दिएका छन् द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठले अर्को पात्र नव नायक एवं प्रस्तुतकर्ता भोज बहादुर गुरुङ पनि मार्शल आर्टका खेलाडी भएकाले यो चलचित्रमा आफैले स्टन दिएका छन् । तर्सथ चलचित्र द्वन्द्व प्रधान बनेको छ, भने ४००० मिटर भन्दा माथीको हिमाली भेगको उचाईमा छाया“कन गरिएको हुनाले चलचित्र दृश्य प्रधान समेत बनेको छ ।

बिन्दबासीनी चलचित्र मन्दिर र मूनाल फिल्म प्रा.लिको सयुक्त प्रस्तुती "साहसी" अब छिट्टै प्रदशनको तयारीमा छ ।
चलचित्र "साहसी" को निर्माण झम बहादुर गुरुङ, कूबिना गुरुङ र धनमाया गुरुङले गरेका छन् ।
कार्यकारी निर्माता - मणिरत्न पौडेल, प्रस्तुतकर्ता - भोज बहादुर गुरुङ्ग, कथा/निर्देशन - बासुदेव पोखरेल नृत्य - अजय विष्ट,एक्सन  - योगेन्द्र श्रेष्ठ, क्यामरा - सुमन तण्डुकार, सम्पादन - रोशन लामिछाने, गीत/संगीत - लोकनाथ सापकोटा, पटकथा/संवाद - पदम कृष्ण पौडेल रहेका छन् । चलचित्रमा कलाकारहरुमा राजेश हमाल, गणेश उप्रेती, स्नेहा शर्मा, भोज बहादुर गुरुङ, र्सर्मिला श्रेष्ठ, ज्याक गुरु लगायतको अभिनय रहेको छ ।
स्मरण रहोस "साहसी" चलचित्र हङकङ, अष्टे्रलिया र बेलायतमा प्रदर्शन भैसकेको छ ।