• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Sep 17, 2014
'हमजाएगा'ले तुलसी घिमिरे निर्देशित फिल्म 'कुसुमे रुमाल'मा अभिनय (Video)
दार्जिलिङ, सिक्किमतिर जोक्सको पात्रका रुपमा प्रख्यात पात्र हो हम जाएगा। असली नाम दलबहादुर गुरुङ रहेको ‘'हमजाएगा'ले तुलसी घिमिरे निर्देशित फिल्म ‘कुसुमे रुमाल'मा छोटो अभिनय गरेका थिए। नाम सापटी लिइए पनि फिल्म उनको कथामा आधारित नरहेको निर्देशक सुरेन्द्र पुनले स्पष्ट पारे।

‘नाम र उनले गर्ने चालकको पेशालाई फिल्ममा समावेश गरेका छौं। बाँकी कुरा काल्पनिक हुन्। जसरी दार्जिलिङका 'हमजाएगा' रसिक र रमाइलो मन पराउने खालका थिए हाम्रो फिल्मको मुख्य पात्र पनि त्यस्तै प्रकृतिको छ,' सुरेन्द्रले स्पष्ट पारे।