• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 22, 2015
Hamro Dana Gau official Video Release

लामो समयदेखि यूकेमा बस्दै आएका पूर्व ब्रिटिस आर्मी कृष्ण तुलाचनले रचना गरेको ‘हाम्रो दाना गाउँ’ बोलको गीतको म्युजिक भिडियो राजधानीमा सार्वजनिक भएको छ । वरिष्ठ गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गरेका हुन् ।
दुर्गा परियारको स्वरमा सजिएको गीतमा भागिर सुशलिन मगर र प्रकाश सपुतको संगीत रहेको छ । भोज गुरुङले निर्देशन गरेको भिडियोमा खिम गुरुङको छायांकन, दिलिप रानामगरको कोरियोग्राफी र बालकाशी गुरुङको सम्पादन रहेको छ ।

भिडियोमा यशोदा पुर्जा, करुणा तुलाचन, कल्पना श्रीपाल र कुमारी गुरुङलगायतले फिचरिङ गरेका छन् । भिडियोलाई मुनाल फिल्मस्ले निर्माण गरेको हो । भिडियोमा म्याग्दी र मुस्ताङको सीमानामा रहेको दाना गाउँका रमणीय दृश्यलाई प्रस्तुत गरिएको छ । यसबाहेक भिडियोमा विश्वकै सबैभन्दा गहिरो अन्ध गल्छी र दाना गाउँमा रहेको रुप्से छहरालाई पनि देख्न पाईन्छ ।
गीतकार तुलाचनले आफु जन्मेको ठाउँ दाना गाउँलाई प्रबद्र्धन गर्दै त्यहाँ स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन गीत सिर्जना गरेको जनाए ।

‘हाम्रो जिल्लामा रहेका धेरै गाविसका गीत बनिसकेका छन्, गीतकै कारण ती गाउँहरुको प्रबद्र्धन र विकास पनि भईरहेको छ,’विगत ८ वर्षदेखि यूकेमा बस्दै आउनुभएका तुलाचनले भने,‘राष्ट्रले गाउँलाई चिनाउनु पर्नेमा आफ्नो समुदायका मान्छेहरु आफै गाउँ चिनाउन सक्रिय छन्, त्यसकारण पनि म मेरो गाउँ चिनाउन अग्रसर भएको हुँ ।’ उनले एक वर्ष लगाएर गीत रचना गरेका हुन् ।

समाजसेवालाई विशेष प्राथमिकता दिने गीतकार तुलाचनले यूकेमा फ्रेण्डली ब्रदर दाना सेरोफेरो कम्युनिटमार्फत आफनो गाउँमा रहेको ज्ञान प्रकाश उमाविको विकासका झण्डै १ करोड १५ लाख रुपैंयाँ सहयोग गरेका छन् । २०६८ सालबाट उच्च माविको सम्बन्धन पाए पनि निजी स्रोतबाट प्लस टुका शिक्षकलाई पारिश्रमिक दिन समस्या भएपछि यसै संस्थाको पहलमा हङकङ, यूके र ब्रुनाईलगायतका स्थानमा स्कुलको बारेमा डकुमेन्ट्री बनाएर च्यारिटी शो गरिएको थियो । कोषमा अर्को वर्षसम्ममा दुई करोड रुपैंयाँ जम्मा पार्ने उनको लक्ष्य रहेको छ ।