• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Nov 06, 2016
जिल्ला हाम्रो म्याग्दी Release
 सिंगो म्याग्दीलाई चिनाउने सोचका साथ गीतकार तथा संगीतकार टंक शेरचनले ‘हाम्रो जिल्ला म्याग्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । काठमाण्डौमा शुक्रबार आयोजित कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गरे ।

गीतकार शेरचनले आफु सानैदेखि गीत संगीतप्रति हुरुक्कै हुने गरेको बताउँदै आफ्नो जिल्लालाई चिनाउन गीत लेखेकोमा खुशी व्यक्त गरे । शेरचनका एल्बम ‘खुकुरी’, लोकदोहोरी एल्बम ‘हुन्छु निराश’, बाँसुरीको धुन संग्रहित एल्बम ‘इमेज अफ हिमालय’, ‘कल अफ फ्ल्युट’ र ‘हाम्रो म्याग्दी’ बजारमा आईसकेका छन् ।

भिडियोको गीतमा खड्ग गर्बुजा र दुर्गा परियारको स्वर छ । मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको भिडियोमा बद्री केसी, यशोदा बुर्जा पुन र ज्योति भट्टचनले अभिनय गरेका छन् । सार्वजनिक गरिएको भिडियोमभा बद्रीकै कोरियोग्राफी, खिमबहादुर गुरुङको छायांकन, बालकाशी गुरुङको सम्पादन र भोजबहादुर गुरुङको निर्देशन छ ।