• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Aug 21, 2017
चितवनमा 'मैरीमो'को एतिहासिक प्रदर्शन
मुनाल फिल्म प्रा. ली. ले निर्मण गरेको गुरुङ भाषाको चल चित्र 'मैरिमो' अमेरिका र बेलयेतको प्रदर्शन पछी नेपालको लागी
प्रथम प्रदर्शन चितवनमा गरीयको छ । जुन प्रथम प्रदर्शनको आयोजक तमु प्ये ल्हु संघजिल्ला समिती चित वनले गरेको थियो ।
QFX को जल्मा हलमा २०७४ सावन २९ गते पहिलो र दोस्रो दिन गणेश चलचित्रहलमा प्रदर्सन गरीयको थियो ।
चलचित्र हेर्नका लागि केही दिनदेखि लगातार परेको झरीको पनि प्रवाह नगरी दर्शकहरू हलसम्म पुगेका थिए । लामो समयसम्म विशुद्ध गुरूङ भाषामा बनेको चलचित्र हेर्न नपाएका चितवनवासी गुरूङ समुदायले लामो समयको प्रतीक्षापछि आइतबार चलचित्र ‘मैंरिमो’ हेर्ने मौका पाएका हुन् । चलचित्रको शीर्षगीत ‘ए ङोल्स्यो ए ङोल्स्यो’का कारण पनि चलचित्र हेर्नका लागि धेरै दर्शकहरू हलसम्म आएका थिए । दुःखजिलो गरेर चलिरहेको सुखी परिवार पनि गरिबीको चपेटा सहन नसकेर विदेश जाँदा उतै प्राण त्याग गर्नुपरेको कारूणिक कथाले दर्शकहरूलाई निकै भावुक बनायो ।