NEWS:
Jul 10, 2013
नायक भोज बहादुर गुरुङको कुवेत आगमन
कुवेतमा प्रिमियर शो हुन गईरहेको उक्त चलचित्र साहसीमा महानायक राजेश हमालको साथमा नायक भोज बहादुर गुरुङ, गणेश उप्रेती र नायिका स्नेहा शर्मा जस्ता ख्याती प्राप्त कलाकारहरुको समेत मुख्य भूमिका रहेको छ ।

प्रायजसो: खेलकूद तथा साँस्कृतिक कार्यक्रमहरुमा मात्र रम्दै आएका कुवेतवासी नेपालीहरुको इतिहासमा पहिलो चोटि “चलचित्र प्रिमियर-शो” जस्तो रोचक एवं ऐतिहासिक कार्यक्रमको आयोजना गरी एउटा छुट्टै किसिमको मनोरञ्जन कुवेतवासी नेपालीहरुलाई प्रदान गर्ने आफ्नो मनसाय रहेको आयोजकद्वय अर्जुन तामाङ र टेक बहादुर तामाङले संक्षिप्त प्रतिकृया दिनु भएको छ ।
यसैगरी, नेपाली चलचित्रलाई माया गरौं, विश्व बजारमा नेपाली चलचित्रलाई बजार बिस्तार गरौं भन्ने मुल उद्देश्यका साथ विश्वका प्रमुख शहरहरुमा चलचित्र साहसीको प्रदर्शन गर्ने क्रममा कुवेतमा पनि “प्रिमियर-शो” को लागि आयोजक अर्जुन तामाङ र टेक बहादुर तामाङको आमन्त्रणामा रहेकोले आफु कुवेत आएको प्रस्तुतकर्ता तथा नेपालका सु-प्रख्यात नायक भोज बहादुर गुरुङले कुवेतनेपाल डटकमसँगको सम्पर्कमा बताउनु भएको छ ।
नायक भोज बहादुर गुरुङको सकृयतामा प्रदर्शन गरिने “चलचित्र साहसीको प्रिमियर-शो” को प्रवेश शुल्क ३ कुवेती दिनार तोकिएको र शो आगामी ०१ जुलाई २०११ शुक्रवारका दिन, कुवेतको मालियास्थित होटल एसिया-एसियामा दिनको ठिक १.३० बजेदेखी शुरु हुने विस्तृत जानकारी दिंदै, सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई प्रिमियर शो मा उपस्थिती जनाई शो को भरपुर मनोरञ्जन लिनु हुन आयोजक पक्षले अनुरोध समेत गरेको छ ।
जय आले, कुवेत, 28/06/2011