• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jul 01, 2013
'सैँ न्होर्बे म्रुस्यो' को रेकर्डिङ कार्य सम्पन्न
पोखरा - मुनाल फिल्म -प्रा. लि. पोखराको पहिलो प्रस्तुति गुरुङ् भाषा र सस्कृतिमा आधारित चलचित्र “सैँ न्होर्बे म्रुस्यो” को गीत रेकर्डिङ कार्य सम्पन्न भएको छ ।
फेवा डिजिटल स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतमा गोविन्द गुरुङ् र ज्योतिले स्वर दिएका छन् । शब्द तथा सङीत ढकेन्द्र गुरुङ्ले तयार पारेका हुन भने सगींत संयोजन तेजेन्द्र गुरुङ्को रहेको छ । यसै गरी “मारा चाँदी भन्दा छ्याँब” गीत पनि रेकर्ड भइसकेको छ भने तीन ओटा गीत चाँडै रेकर्ड हुने क्रममा छ ।

निर्माणधिन चलचित्र “सैँ न्होर्बे म्रुस्यो” का लागि निर्माताद्धय लालजङ्ग गुरुङ् र श्रीमती कुविना गुरुङ्को लगानीमा निर्माण हुने भएको छ भने निर्देशनका लागि भोज बहादुर गुरुङ् तम्तयार जुटिरहेका छन् ।