• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 23, 2014
घर भित्रको थामसँग बिहे गर्ने सोल्‍टिनी कै जित
न्यूयोर्क, May 19, 2008 मा 'ङै ङ्‍हो' (मेरो भाग्य/My Fate) नामक गुरुङ फिल्म USA मा प्रादर्शन हुँदा प्राथ मगर (युएस नेपाल अनलाइन) ले आफ्नो site मा सम्प्रेसण गरेको news

'घर भित्रको थामसँग बिहे गर्ने सोल्‍टिनी कै जित'

हिजो दिउसो क्विन्स शहरको इगल थिएटरमा 'ङै ङ्‍हो' (मेरो भाग्य/My Fate) नामक गुरुङ भाषा र सङ्स्क्रितीमा आधारित चल्चित्रको प्रदर्शन भएको थियो।

चल्चित्रको कथा बस्तु:
उक्त चल्चित्रको कथा बस्तुअनुसार नायिका बसन्ती गुरुङले गाउँले सोल्‍टिनी 'दया' को भूमिका खेल्दै फुपु (कुबिना गुरुङ) को जिद्दीमा फुपुको बजारमा पढ्न गएको छोरो सोल्‍टी 'मिनप्रशाद' (गमन गुरुङ) को नाउमा फुपुको घर भित्रको काठको थामसँग बिहे गर्दछिन्‌।

कथा जति रोचक छ, उतिनै नाटकीय पनि छ तर यस्तो चलन गुरुङ र मगर समाजमा उहिले उहिले कायम थियो र अझै पनि लाहुरे सोल्‍टीको फोटो हेरेर बिहे गरिने चलन रहेको कुरा निर्देशक भोज बहादुर गुरुङले काठमाडौंबाट फोनमा युएस नेपाल अनलाइनलाई बताए।

निर्माता तथा कथाकार लालकाजी गुरुङका अनुसार रु. ८ लाखमा मुनाल फिल्म प्रा.लि.को ब्यानरमा बनेको यो चलचित्र नेपालको पोखरा, बेलायतका बिभिन्न शहरहरुमा, अमेरिकाको बाल्‍टिमोरमा प्रदर्सन पछि यस पटक न्यूयोर्क शहरमा देखाइएको हो।

तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाले चल्चित्र प्रदर्शन अघी निर्माता तथा कथाकार गुरुङको सम्मानमा राखेको अभिनन्दन कार्यक्रममा बोल्दै उनले यो चल्चित्र बनाउने कारणबारे भने -"म सानै देखी गाउँमा हुर्केको गुरुङ केटो हो तर नौ कक्षा मा पढ्दै गर्दा ब्रिटिश आर्मीमा भर्ती भएर १९ बर्ष बिदेशमा बिताउनु पर्‍यो। पेन्सन आए पछि तीन साल नबित्दै अमेरिका आएँ र यतै छ बर्ष बित्यो। तर मेरो मनमा आफ्नो गुरुङ भाषा, सँस्‍कृतिप्रति केही गर्नु पर्छ भन्ने भावना सधैं रहेको हुन्थ्यो। त्यसैले गत साल नेपाल गएर यो चल्चित्र बनाएँ।"

निर्माता र कथाकार गुरुङ अहिले बेलायत (यूके) निवासी हुन्‌ भने अमेरिकामा पनि उनी आई बस्छन्‌।

उनले चल्चित्र हेर्न आएका शुभचिन्तक न्यूयोर्कबासी गुरुङ र नेपालीहरुलाई यो पनि भने- "हाम्रो सँस्‍कृतिलाई हामीले संसारको जुन सुकै कुनामा भए पनि बिर्सनु हुन्न। त्यसैले हामीले हाम्रो देश र भाषा-सँस्‍कृतिलाई माया गर्नु पर्छ र व्यबहारमा प्रयोग गर्नु पर्छ। तब मात्र यि कुराहरु बचाउन सकिन्छ।"
प्राथ मगर,USA