• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Mar 15, 2015
The Twining Village's Premiere
 नेपालको पश्चिम कास्की जिल्लाको नामर्जुङ गाविसमा रहेको ताङतिङ र UKको Wimbish तथा Debdenबीचको मितेरी सम्बन्धबारे तयार पारिएको वृत्तचित्र ‘The Twining Village' an umbreakable bond of friendship को राजधानीमा बुधबार प्रिमियर गरिएको छ । सन् २००७ देखि कायम भएको यी दुई स्थानको दौत्य सम्बन्धले पारेको सकारात्मक प्रभावलाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।

मुनाल फिल्मस् प्रालिले निर्माण गरेको वृत्तचित्रका Camera,Editor and Director Bhoj Bahadur Gurung हुन  । वृत्तचित्रको प्रिमियर गर्नु अघि कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेश चालिसे, पूर्व मेजर एवं सांसद दीपक गुरुङ र वृत्तचित्रका निर्देशक भोजलगायतले वृत्तचित्रको डिभीडी सार्वजनिक गरेका थिए ।
वृत्तचित्र निर्माता भोजले ताङतिङको विकासका लागि आफुले वृत्तचित्रको विभिन्न स्थानमा च्यारिटी शो गर्ने र त्यसवापतको रकम गाउँको विविध क्षेत्रमा खर्च गर्ने बताए । वृत्तचित्रमा जीत गुरुङले सबटाइटल गरेका छन् ।