• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Jun 02, 2018
mairimo movie press meet lamjung
 लमजुङ सदरमुकाम बेंसीसहर स्थित अन्नपुर्ण चलचित्र मन्दिर हलमा गुरुङ चलचित्र मैंरिमो प्रदर्शन हुने भएको छ ।
मुनाल फिल्म प्रा.लि. ले निर्माण गरेको  गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ चलचित्र मैंरिमो अर्थात् सम्झिरहेछु यहि जेठ २६ गते प्रदर्शन हुने भएको हो ।
उक्त फिल्म शनिबार बिहान ११ बजे र दिउँसो २ बजे गरी २ शो प्रदर्शन हुने छ । 

बेंसीसहरमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराएको हो । 
फिल्म मैंरिमो जेठ पहिलो साता दमौलीमा आयोजित दोस्रो गुरुङ फिल्म महोत्सवमा विशेष प्रदर्शन गरिएको हो ।

मुनाल फिल्मस्को ब्यानरमा निर्मित ‘मैंरिमो’ ७० प्रतिशत गुरुङ भाषामा आधारित छ । उक्त फिल्म भोजबहादुर गुरुङको निर्देशनमा निर्माण भएको हो । फिल्मका कलाकारहरुमा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुब्बा गुरुङ (सोनु), गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, इन्द्रसुब्बा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ, रोशन गुरुङ लगायत छन् ।
फिल्मको कार्यकारी निर्मातामा बालकाशी गुरुङ रहेका छन् ।


केयरसिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको फिल्मको छायांकन तथा सम्पादन खिमबहादुर गुरुङले गरेका छन् । तेजेन्द्र गुरुङको संगीतमा मनोज गुरुङ, गोविन गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ र सरुन गुरुङले स्वर दिएका छन् । आश गुरुङ, अमिर गुरुङ र प्रेम गुरुङको गीत रहेको छ ।
फिल्मका निर्मातामा प्रेम गुरुङ र सपना गुरुङ रहेका छन् ।

यस चलचित्र लमजुङमा प्रदर्शन पछि हङकङमा १७ जुनमा प्रदर्शन हुन लागेको छ । यस अघि मैंरिमो चलचित्र पोखरा, काठमाडौँ, चितवन, मनाङमा साथै अमेरिका, बेलायतमा प्रदर्शन भईसकेको छ ।