• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Sep 16, 2017
मैरीमो नियमित प्रदर्शन
वैदेशिक रोजगारका लागि युवा विदेशिनु र गाउँका महिला वालबच्चाको शिक्षादीक्षाको लागि शहर पस्ने क्रम बढ्दै गएपछि अहिले नेपालका ग्रामीण वास्तीहरु पतालिँदै गएका छन् । जस्ले गर्दा गाउँको समुदायिक विद्यालयमा समेत विद्यार्थी घटदै गएको छ ।
चलचित्र ‘मैंरिमो’ का मुख्य पात्रले आफ्नो गाउँको समुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन गरिने प्रयासलाई फिल्मको मुख्य विषय बस्तु बनाइएको छ । यस चलचित्रको छायांकन लमजुङको साविक मालिङ गाविसको सैलुङ गाउँमा भएको हो । चलचित्रमा एउटा पञ्चेबाज समेत गरी ४ वटा गीत समावेश गरेको छ । जस्मध्ये गीतकार आश गुरुङद्धारा रचित ‘ए ङोल्स्यो, ए ङोल्स्यो......’ बोलको शीर्ष गीत गुरुङ समुदायमा लोकप्रिय बन्दै गएको छ ।

गुरुङ चलचित्र निर्माण हुन लागेको दुई दशक भन्दा बढि समय भइसकेको छ । तर अहिले सम्म VIP show र Charity गरी दुईदिने प्रर्दशनमा मात्र सीमित भैरहेको छ । मुनाल फिल्म प्रा.लि. पोखराको ब्यानरमा निर्मित गुरुङ चलचित्र ‘मैंरिमो’ Miss You लाई आउँदो कार्तिक २४ गतेबाट पोखरास्थित बाराही चलचित्र मन्दिरमा नेपाली कथानक चलचित्र जस्तै नियमित प्रदर्शन गराइने सहर्ष जानकारी गराउँदछौ ।

कलाकार - गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ, गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, ईन्द्रसुवा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङ आदी ।
संगीत -तेजेन्द्र गुरुङ
स्वर- गोविन गुरुङ, मनोज गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ, सरुन गुरुङ
रेकर्डिष्ट -साहिल गायक
श्रृंगार - आशिष गुरुङ
नृत्य -नेत्रबहादुर गुरुङ
पोष्टर डिजाइन -आशिष शाक्या फोटो जेनिथ, पोखरा
कथा -केयरसिंह गुरुङ (गुरुङ कवि)
पटकथा÷संवाद -रोशन गुरुङ
निर्माण नियान्त्रक- भगत गुरुङ
पाश्र्व संगीत - शंकर पौडेल
छायांकन/सम्पादन - खिमबहादुर गुरुङ
कार्यकारी निर्माता - बालकाशी गुरुङ
निर्माता -प्रेम गुरुङ र सपना गुरुङ
निर्देशक -भोजबहादुर गुरुङ 

Attachments#
Mairomo bhoj 1.jpg (105 KB) Download