NEWS:
Dec 25, 2015
तमू ल्होछारको शुभकामना गीतको म्युजिक भिडियो
काठमाडौंमा मनाईन लागेको तमू ल्होछारका सम्बन्धमा मुल आयोजक समितिले बुधबार काठमाडौंको अनामनगरस्थित
तमू बौद्ध सेवा समतिको डाक्टर हर्क गुरुङ हलमा पत्रकार सम्मेलन गर्यो ।
कार्यक्रममा मुनाल फिल्म प्रा. लि. पोखराले निर्माण गरेको तमू ल्होछारको शुभकामना गीतको म्युजिक भिडियो वरिष्ठ संस्कृतिविद डाक्टर जगमान गुरुङ, नेपाल मुक्तक परिषदका अध्यक्ष रामकाजी कोने र तमू ल्होछार मुल आयोजक समितिको अध्यक्ष मण्डलका अध्यक्ष सिआई टेकबहादुर गुरुङले संयुक्त रुपमा विमोचन गर्नु भयो ।
बेलायत बसोबास गर्दै आउनुभएका लमजुङ पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङको रचना, बेलायतमै बसोबास गर्दै आउनुभएका पदम गुरुङको संगीत रहेको ल्होछारको शुभकामना गीतमा रीमा गुरुङ र गोविन्द गुरुङले स्वर दिएका छन् ।
गीतको भिडियो निर्माण हङकङका ग्यारी गुरुङले गर्नुभएको हो भने छायांकन–खिम बहादुर गुरुङ, सम्पादन–बालकाशी गुरुङ, नृत्य–नेत्र गुरुङ
निर्देशक भोज बहादुर गुरुङले गर्नुभएको छन्। अभिनय–गमन गुरुङ, ओम प्रकाश गुरुङ, उर्मिला गुरुङ, रुपा गुरुङ, पुनम गुरुङ, अर्पणा गुरुङ गुरुङले गर्नुभएको छन्।
ल्होछारको शुभकामना सन्देश दिएको यो गीतले तमू संस्कृति र भाषा संरक्षणमा लाग्न समेत सन्देश दिएको छ ।