• Crew of hi-studio,German
  • Munalfilms 2017
NEWS:
Aug 09, 2017
चितवनमा ‘‘मैरिमो’’ प्रिमियरको तयारी पुरा

मुनाल फिल्म प्रा.लि.ले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘‘मैरिमो’’ /Miss You  नेपाल प्रिमियरको तयारी पुरा भएको
जानकारी संयोजक अमिर गुरुङले आज पत्रकार सम्मेलन गरि जानकारी गराउनु भयो ।
तमु प्ये ल्हु संघ,जिल्ला समिति चितवनले नेपालको लागि ‘‘मैरिमो’’ प्रिमियर शो को जिम्मा लिएको हो ।
चितवन स्थित गणेश चलचित्र मन्दिर, नारायणगढमा २०७४ श्रावण ३० गते विहान ९ः०० बजे र १२ः०० बजेको
समय तोकेको आयोजकले टिकट विक्रिको रेसियोलाई हेरेर ३ः०० बजे पनि अर्को सो थप्ने तयारी भइरहेको जानकारी गराउनु भयो ।
२०७४ श्रावण २९ गते आइतबार भने QFX को नारायणगढ स्थित Jalma Cinema Hall  मा विहान ८ः०० बजे
विशेष प्रर्दशन गरिने भएको छ ।
उक्त प्रर्दशनमा चलचित्रलाई सहयोग गर्ने प्रायोजक, कलाकार, प्राविधिक, पत्रकार र वुद्धिजिविहरुको विशेण उपस्थिति रहनेछ ।